सुनको भाउ ५ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं, १३ चैत्र : सुनको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५० रुपैयाँले घटेर तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै