सुनको भाउ आज तोलामा ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं, १५ चैत : आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज भाउ बढेर तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा