स्पेनिस ला लिगा फुटबलमा आज रियाल र इस्पानियोल विच प्रतिस्पर्धा हुने

काठमाडौं, १४ असार :

स्पेनिस ला लिगा फुटबलमा आज रियालले इस्पानियोल सँग खेल्नेछ । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो ।

सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गोल गर्दै कठिन खेलबाट टोलीलाई १ अंक दिलाए ।

सेल्टासँग बराबरीमा रोकिएपछि ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । एजेन्सी

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन