बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, २७ चैत : आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हिजो तोलाको ४ हजार ८७५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै