सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं, २५ बैशाख : सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२० रुपैयाँले बढेर तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १५५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै