आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, २७ बैशाख : कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो । सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा