भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

काराकास, १७ असार :

भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिनुभयो ।

यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् । भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो ।

त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ । (रासस–एएनआई)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा