केदारस्युँ गाउँपालिकाका १७ घर पहिराले पुरिए

????????????????????????????????????

काठमाडौँ, २० असार : 

केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उहाँले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिनुभयो । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताउनुभयो । उहाँका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा