आईजीपी ज्ञवालीको आज विदाइ गरिँदै

काठमाडौं, २४ असार :
नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवाली सहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् ।

ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।

प्रहरीका एक जना एसएसपीका अनुसार महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् ।

नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’