भारतमा कुख्यात गुण्डा विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको उत्तर प्रदेश प्रहरीद्धारा पुष्टि

नयाँ दिल्ली, २६ असार :

भारतको उत्तर प्रदेश प्रहरीले कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको पुष्टि गरेको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए। त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो ।

आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ । उनलाई कति गोली लागेको छ भन्ने खुलेको छैन ।

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले सडकमार्ग हुँदै कानपुर लगिरहेको थियो । कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा