आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज मनाइँदै

काठमाडौं, २९ असार :
आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।

जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ । भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’