काठमाडौंमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं, ५ साउन :
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ को सतीघट्टा भन्ने स्थानमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको बौद्ध प्रहरीले जनाएको छ । अ‌ाइतबार साँझ साथीहरुसँग घुम्न निस्किएका बेला पानी लिन जाने क्रममा माथिबाट अ‌ाएको पहिरोले उनलाई पुरेको थियो । त्यसपछि बौद्ध र साँखुबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामै उद्धार गरेको थियो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै