साउन २४, २०७७ :
भारत र चीनको सैनिकस्तरीय वार्ता हुने भएको छ। चीन र भारतको पूर्वी लद्दाख क्षेत्रमा सीमा विवाद जारी रहेको बेला सैनिकस्तरीय वार्ता हुने भएको हो। दुवै देशका सैनिक मेजर जनरलस्तरीय वार्ता हुने भएको हो। दुवै सेनाका निश्चित सीमाबाट आ-आफ्ना सैनिक फिर्ता लाने गरी वार्ता हुने भएको छ। भारती सेनाका अनुसार उक्त क्षेत्रमा वार्ता हुने भएको। भारत र चीनको सिमाना लद्दाखमा पछिल्लो समयमा दुई देखबीच तनाव हुँदै आएको छ। एजेन्सी





