अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत

????????????????????????????????????

काठमाडौँ, ११ भदौ :

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक