प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, १८ फागुन :
संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसहित विभिन्न विद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची छ । आज सदनमा सांसद विन्दा पान्डेले बोक्सा बोक्सी दाइजो लगायत कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोलेु भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दैछिन् ।

पाण्डेको प्रस्तावमा सांसदहरु नवराज सिलवाल, कल्याणी कुमारी खड्का र सरिता कुमारी गिरीले समर्थन गर्नेछन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ुसंघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्  भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उनले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, र धितोपत्र सम्बन्धी ९पहिलो संशोधन० विधेयक, माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । मन्त्री खतिवडाले नै ुसार्वजनिक ऋण व्यवस्थापन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै मन्त्री खतिवडाले अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ुनेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा