काठमाडौं, २० फागुन :
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पाताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज सम्पुर्ण जाँच गरिने भएको छ । राजधानीको महाराजगञ्ज स्थित त्रिबि शिक्षण अस्पातालमा हिजो भर्ना भएका प्रधानमन्त्री ओलीलाई भोलि मिर्गौला प्रत्यारोपण गर्नुअघि सम्पुर्ण जाँच गरिन लागिएको उहाँको निजी चिकित्सक डा दिब्यासिंह शाहले जानकारी दिनुभयो ।
प्रत्यारोपणको तयारीका लागि उहाँलाई आजबाटै औषधि प्रयोग गरिएको डा शाहले बताउनुभयो । प्रधानमन्त्रीको प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रत्यारोपणको तयारीका लागि औपधीको प्रयोग गरिएको उहाँको भनाई छ । त्रिबि शिक्षण अस्पातालका युरोलोजी बिभाग प्रमुख डा प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।
ओलीलाई नाताले भान्जी पर्ने झापा चारआलीकी समिक्षा संग्रौलाले मिर्गौला दान गर्नुहुनेछ । संग्रौलापनि ओलीसंगै हिजै अस्पातालमा भर्ना हुनुभएको थियो ।