एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुर बीचको खेल रद्द

काठमाडौं, २३ फागुन :
एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वर्षा प्रभावित भएपछि खेल नै रद्द हुन पुग्यो ।

बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

तालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । यो खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने