राप्रपा र राप्रपा संयुक्त बीच आज एकता हुँदै

काठमाडौं, २८ फागुन :
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुँदैछ । लामो समयको प्रयास, छलफल र वार्तापछि दुइपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे हुने एक बिशेष कार्यक्रमका बीच एकता घोषणा हुने उनले बताए। गत शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएसँगै औपचारिक घोषणा हुन लागेको हो ।

सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा।प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ ।

यसैगरी नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने, तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ। एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने