मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

काठमाडौं ,१५ पुष : 

मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ । हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै