सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू

काठमाडौं, १६ पुष :

सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ ।

सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि जिल्ला प्रसासन कार्यालय सर्लाहीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो । मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा (कर्फ्यू) खोलिने बताइएको छ ।

हिजो साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा आज साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै