सुनको भाउ १३ सय रुपैयाँले घट्यो

काठमाडौँ, १५ चैत :

सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै