करणवीर बोहराविरुद्ध ठगीको मुद्दा, महिलाले लगाइन् ठगीको आरोप

काठमाण्डाै, २ असार :

भारतीय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहराविरुद्ध ठगीको उजुरी दर्ता भएको छ ।

कलाकार बोहरालाई एक ४० वर्षीय महिलाले करोडौं रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेकी छिन् । कलाकार बोहरासहित ६ जना विरुद्ध ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार बोहराले ती महिलासँग १ करोड ९९ लााख भारतीय रुपैयाँ उधारो लिएको र भण्डै साढे २ प्रतिशतका दरले ब्याजसहित पैसा फिर्ता गर्ने भनेर सापटी लिएका थिए ।

तर अहिलेसम्म सबै रकम फिर्ता नगरेको ती महिलाले दाबी गरेकी छन् । कलाकार बोहराले महिलालाई १ करोड रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी पैसा फिर्ता नगरेको प्रहरीलाई बताएकी छन् । साथै महिलाले आफ्नो बाँकी रहेको पैसा फिर्ता गर्न बोहरालाई भन्दा बोहरा र उनको श्रीमती तन्जिदर (टीजे) सिद्धूले उनीसँग दुव्र्यवहार गरेका र गोली हानेर मार्ने धम्की दिएका थिए ।

प्रहरीले महिलाको उजुरीमा बोहरासहित ६ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । भारतीय प्रहरीले यस घटनामा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले बोहरा, उनको श्रीमतिसहित ६ जनालाई सोधपुछका लागि बोलाएको छ ।

अब उनीहरूको बयान पश्चात कारवाही सुरु गरिने समाचारमा उल्लेख गरिएको छ । -एजेन्सी

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि