म्यानचेस्टर युनाईटेडको पहिलो जित

काठमाडौं, ७ भाद्र : 

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुललाई २–१ ले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।

नयाँ प्रशिक्षक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडलाई पहिलो जित दिलाउन जेडन सान्चो र मार्कस रास्फोर्डले एक एक गोल गरे । लिभरपुलका मोहोमद सलाहले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रास्फोडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

त्यसपछि ८१ औं मिनेटमा लिभरपुलका सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । बााकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि युनाईटेड २–१ ले विजयी भयो । जितसँगै युनाइटेडमाथिको दबाब केही खुकुलो भएको छ भने लिरभपुलमाथि दबाब थपिएको छ ।

जारी सिजनको तीन खेल सकिँदा लिभरपुलले जित निकाल्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै