काठमाडौं, ५ चैत :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो ४ बजे सचिवालय बैठक बोलाएका हुन् ।
बालुवाटारमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बुझिएको छ । यसअघि गत फागुन १८ गते नेकपा सचिवालय बैठक बसेको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएका थिए । नेकपामा एमसीसी सम्झौता अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने मुद्दा पेचिलो बनेको छ ।
पछिल्लो सयम विश्वभर कोरोना भाइरसको त्रास बढिरहेकोले आजको बैठकमा खासगरी यही विषयमा मात्रै छलफल हुने बताइएको छ ।