चीनका लागि निवर्तमान राजदूत पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं, ५ चैत :
चीनका लागि निवर्तमान नेपाली राजदूत लिलामणि पौडेल आज स्वदेश फर्कँदैछन् । कार्यकाल सकिन बाँकी छँदै सरकारले फिर्ता बोलाएपछि राजदुत पौडेल आज काठमाडौं आउन आउन लागेका हुन् । बेइजिङस्थित नेपाली दूताबास छाड्नुअघि हिजो एक विज्ञप्ती जारी गर्दै निवर्तमान राजदुत पौडेलले आफ्नो कार्यकाल महत्वपूर्ण र ऐतिहासिक बनेको दाबी गरेका छन् ।

साथै कुनै पनि नेपालीलाई आफ्नो काम, आचरण वा ब्यबहारले हिनताबोध गर्नुनपर्ने पनि उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमणजन्य परिस्थितीलाई मध्यनजर गर्दै पौडेलले चीनमा रहेका नेपालीलाई नभेटि तथा बिदाइ भेट नगरी स्वदेश फर्कन लागेका हुन् ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले पदावधि बाँकी रहँदै कुनै कारण नखुलाई पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । साथै उनको ठाउँमा पूर्बपरराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई शिफारिस गरेको छ ।

 

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो