१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाडौं, २४ भदौ :

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ ।

आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।

समूह बी मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै