सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

काठमाडौं, ५ जेठ : 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उहाँले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।”
  उहाँले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताउनुभयो । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखाँै नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।
“राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।” (रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

५० वर्षपछि क्यानडाको संसद्‍मा बेलायती राजाको सम्बोधन

युद्धपोत परीक्षणका क्रममा दुर्घटना भएपछि उत्तर कोरियाका तीन जना अधिकारी पक्राउ